काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई जवाफ फर्काएका छन् ।
सामाजिक सञ्जालमार्फत बालेन्द्रको स्टाटसलाई प्रतिवाद गर्दै साम्पाङले लुकेर मात्र खेल्ने शैलीको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ । देशले के-कति गुमायो त्यो थाहा छ । देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’
बालेन्द्रले ‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै लेखेका थिए, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love’
पछिल्ला दिनमा साम्पाङले लगातार साहमाथि टिप्पणी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया