काठमाडौं । नवनियुक्त उर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तलब, भत्तासहित सुरक्षा सुविधा समेत नलिने घोषणा गरेका छन् ।
सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले सो निर्णय गरेका हुन् ।
उनले पदभार ग्रहण गर्दै विद्युत वक्यौता उठाउन निर्देशन समेत दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणले उठाउन पर्ने डेडिकेटेड र ट्रंक लाइन वापतको विद्युत वक्यौता उठाउन निर्देशन दिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथग्रहण गरेसँगै जेनजी आन्दोलनमा शहीद तथा घाइते भएका परिवारहरुलाई भेट्न पुगेका थिए ।
यता आज नै पदभार ग्रहण गरेका अर्थमन्त्री रामेश्वर खनालले समेत तलब, भत्ता, सुरक्षा सुविधा र सरकारी आवास समेत नलिने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया