उदण्डता मच्चाउने कार्यकर्तालाई माओवादीले संरक्षण नगर्ने, भन्यो– ‘दोषी देखिए कारबाही गर्नू’

लोकपथ
2.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले हालैको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न भए पार्टीसँग सम्बन्धित व्यक्तिहरुलाई कारबाही गर्न माग गरेको छ ।

जेनजी समूहले गरेको प्रदर्शनका क्रममा माओवादीमा आवद्ध कार्यकर्ताहरु समेत आगजनी तथा तोडफोडमा संलग्न रहेको भन्दै विरोध भइरहेको छ ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आज विज्ञप्ति जारी गर्दै आपराधिक कार्यमा संलग्न भए जो कोहीलाई कारबाही गर्न भनेका हुन् ।

‘हाम्रो पार्टीको कार्यालयहरु, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी तोडफोड गर्ने कार्य भएका छन् । त्यो तथ्य जनतासामु प्रष्ट छ । यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तत्पर छौँ । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै माओवादीले जेनजी समूहको आन्दोलनका क्रममा लोकतन्त्र विरोधी तत्वहरु मिसिएर विध्वंस र आतंक मच्चाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?