मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक आज बिहानैदेखि सुक्खा पहिरोका कारण अवरुद्ध बनेको छ ।
म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका–४ स्थित काभ्रेभीरमा गए राति सडक माथिबाट सुक्खा पहिरो जाँदा करिब ५० मिटर सडक ट्रयाकमा क्षति पुगेको बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले ठुला चट्टानसहितको सुक्खा पहिरो सडकमा परेको पुष्टि गर्दै, हाल डोजरको सहयोगमा पहिरो हटाउने काम भइरहेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया