काभ्रे । मालपोत कार्यालय काभ्रेका एक कर्मचारी दुई लाख रुपैयाँ नगदसहित अख्तियारको फन्दामा परेका छन् । कार्यालयमा आज बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।
आयोग टोलीले धुलिखेलस्थित मालपोत कार्यालयमा छापा मारेर २ लाख रुपैयाँ नगदसहित मुद्दा फाँटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया