मध्यपहाडी राजमार्ग अवरुद्ध

लोकपथ
175
Shares
फाइल तस्बिर

रुकुमपश्चिम । पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ । 

चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो । 

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । 

पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?