रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
लामो समयदेखि मुटु रोगबाट पीडित रहेका मुसलमानको आज बिहान करिब ९ बजे हृदयाघातका कारण आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको अन्त्येष्टि परम्परागत रूपमा आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा हुने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए ।
सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया