एनआईसी एशिया बैंकका ग्राहकलाई सिपी हस्पिटलमा २० प्रतिशत छुट

लोकपथ
245
Shares

 काठमाडौं । एनआईसी एशिया बैंक र धनगढी, कैलालीस्थित सिपी हस्पिटल प्रालिबिच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले सिपी हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने छन् । 

छुट पाउने सेवामध्ये ईएनटी, एनेस्थेसिया, फिजियोथेरापी, गाइनोकोलोजी, प्याथोलोजी, लेबर डेलिभरी, जनरल सर्जरी, ब्रेन सर्जरी, कार्डियोलोजी, न्युरोलोजी, डेन्टल, डायलाइसिस लगायतका उपचार सेवा समावेश छन् ।

ग्राहकले यस सुविधा प्राप्त गर्न बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्ने वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार, यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता दिलाउनुका साथै मुलुकभर डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबारलाई थप गति दिने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?