काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबिच छुट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अनुसार अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डि हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
सम्झौताअन्तर्गत, बीमितले उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्नेछन् भने वेलनेस प्याकेजमा पनि विशेष सहुलियत प्रदान गरिनेछ । कम्पनीका सम्पर्क व्यक्तिहरूको विवरण कम्पनीको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ ।
यस छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले मोबाइल एपमा उपलब्ध प्रिभिलेज कार्ड देखाइ सेवा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरेर यो छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया