स्याङ्जामा कुटपिटबाट एक युवकको मृत्यु

लोकपथ
756
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार गए राति करिब ११ बजे थापामाथि कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते भएका उनलाई प्रारम्भिक उपचारका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले राति नै मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा परेकामध्ये हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ काम्तीका २४ वर्षीय अनिल शाही रहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?