सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे दानबहादुर कार्की

लोकपथ
266
Shares

काठमाडौं । हठात रुपमा प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ ।

निर्वतमान आईजीपी दानबहादुर कार्कीले वारेसमार्फत सर्वोच्चमा रिट दायरका लागि प्रक्रिया अघि बढाएका हुन् ।

सर्वोच्चले रिटबारे अध्ययन गरिरहे पनि दर्ता भने भएको छैन ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीबाट दानबहादुर कार्कीलाई हटाउँदै डा. मनोज केसीलाई जिम्मेवारी दिएको थियो । आईजीपीबाट हटाइएका दानबहादुरलाई प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सुरक्षा सल्लाहकार बनाइएको थियो ।

सरकारले हठात रुपमा आफूलाई पदबाट हटाएपछि त्यसको विरुद्धमा सर्वोच्च पुगेका कार्कीले पद पुनर्वहालीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?