पर्सा । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ देउरीयास्थित धान खेतबाट ठुलो परिमाणको अवैध लागू औषध बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले खेतमा लुकाइ–छिपाइ राखिएको अवस्थामा करिब ५४ किलो ४ सय ग्राम चरेश जस्तो देखिने लागू औषध फेला पारेको हो ।
बरामद गरिएको लागू औषधलाई आवश्यक प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया