झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

लोकपथ
21
Shares

झापा । झापाको ग्रामीण क्षेत्रमा विद्युत् असुरक्षित प्रयोगका कारण करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेका छन् । प्रहरीले दिएको जानकारीअनुसार गत चार महिनामा मात्र १० जनाले करेन्टका कारण ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले साउन महिनामा मात्रै पाँच जनाको मृत्यु भएको बताए । उनका अनुसार ज्यान गुमाउने अधिकांश ग्रामीण क्षेत्रका बासिन्दा हुन् । जसलाई विद्युत् प्रयोगबारे पर्याप्त प्राविधिक ज्ञान छैन ।

करेन्ट लाग्ने घटना प्रायः मोटरबाट पानी तान्दा, खोलामा करेन्ट लगाएर माछा मार्दा र कुटी काट्ने क्रममा हुने गरेको पाइएको छ । ‘विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान नभएकाले अपूर्ण जानकारी र सतर्कताको कमीका कारण मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन्,‘ खड्काले भने।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै झापामा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ ।

यसैबीच, मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको पनि सोमबार साँझ करेन्ट लागेर ज्यान गएको छ । बिग्रिएको टेबल पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएको थियो । तर उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?