काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित विभिन्न दुर्घटनामा २ सय २५ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार, जुन २६ मा मनसुन सुरु भएदेखि हालसम्म मृत्यु हुनेको संख्या ५ सय ४१ पुगेको छ ।
उद्धार संस्थाहरूले दिएको जानकारीअनुसार मुसलधारे वर्षा, आकस्मिक बाढी र चट्याङका कारण प्रान्तका धेरै भागमा ठूलो विनाश भएको छ । बाढीले धेरै गाउँ डुबानमा परेका छन् भने केही परिवारका सम्पूर्ण सदस्य बेपत्ता भएका छन् ।
निरन्तर वर्षाबाट पहिरो समेत खस्दा प्रमुख सडक अवरुद्ध भएका छन् र दुर्गम क्षेत्रहरूको सम्पर्क विच्छेद भएको छ ।
सुरक्षाका लागि नागरिकलाई सावधानी अपनाउन, जोखिमपूर्ण क्षेत्रतर्फ अनावश्यक यात्रा नगर्न तथा सतर्क रहन आग्रह गरिएको छ । विशेष गरी पर्यटकलाई आगामी पाँचदेखि छ दिनसम्म उत्तरी क्षेत्रको भ्रमण नगर्न सल्लाह दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया