उत्तराखण्डको बाढीमा बेपत्ता एक नेपालीको शव फेला, अझै १२ जना बेपत्ता

लोकपथ
609
Shares

काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता भएका एक नेपालीको शव फेला परेको छ । सो ठाउँको दुई ठाउँमा आएको बाढीमा १३ नेपाली बेपत्ता भएकोमा एक जनाको शव फेला परेको हो । 

नयाँ दिल्लीस्थित नेपाली दूतावासले शवको सनाखत गर्ने काम भइरहेको जनाएको छ ।

उत्तराखण्डको पौरी गढवालको बगुडामा साउन २१ गते आएको बाढीमा बेपत्ता भएका पाँच नेपालीमध्ये एक जनाको शव भेटिएको हो । बगुडा बाढीमा पाँच नेपाली घाइते भएका थिए । घाइतेमध्ये तीनजना उपचारपछि फर्किएका छन् । दुई जनाको अहिले उपचार भइरहेको दूतावासले जनाएको छ ।

यही साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको धरालीमा आएको बाढीमा अझै आठ नेपाली हराइरहेका छन् । त्यहाँ बाढीमा परेका १३ नेपालीको जीवितै उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?