काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै १६ वर्षमै सन्तान जन्माए प्रधानमन्त्री खुसी हुने र पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले केही समयअघि सार्वजनिक रूपमा व्यक्त गरेको ‘३० वर्षसम्म तीन सन्तान जन्माउनुपर्ने’ भनाइप्रति व्यंग्य गर्दै भने, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान्, पुरस्कार दिन बेर छैन।’
उनले प्रधानमन्त्रीको भनाइले सामाजिक रूपमा गलत सन्देश दिन सक्ने भन्दै आलोचना गरे । ‘तीन सन्तान जन्माउनुपर्छ भन्ने अभिव्यक्ति आजको यथार्थभन्दा टाढा छ,‘उनले भने, ‘त्यसले जनसंख्या वृद्धिको चुनौती झन् बढाउनेछ ।’
अध्यक्ष नेपालले आफ्नो सम्बोधनमा संसारमा असम्भव भन्ने केही नभएको उल्लेख गर्दै, सोच, दृष्टिकोण र नीतिमा जिम्मेवारीपन आवश्यक रहेको बताए ।
यसअघि प्रधानमन्त्री ओलीले जनसंख्या वृद्धिदर घटिरहेको भन्दै ३० वर्षसम्म कम्तीमा तीन सन्तान जन्माउनुपर्ने सुझाव दिएका थिए, जसलाई लिएर विभिन्न तहबाट प्रतिक्रिया आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया