बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि बानियाँले गरे दाबी पेस

लोकपथ
287
Shares

काठमाडौं । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

सत्तासाझेदार दल नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेस गरेका हुन् ।

यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले मंगलबारसम्म दुई वा दुई भन्दा बढी दलको समर्थनमा दाबी पेस गर्न आह्वान गरेका थिए । सोही अनुसार बानियाँले नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गरेका हुन् ।

११० सदस्यीय बागमती प्रदेशमा बहुमतका लागि ५६ मत आवश्यक पर्दछ । बागमती प्रदेशमा नेकपा एमालेका २७ र नेपाली कांग्रेसको ३७ गरी ६४ प्रदेश सभा सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?