काठमाडौं । नेपाली स्मार्टफोन बजारमा एक प्रमुख नाम बनेको इन्फिनिक्सले नयाँ अफरहरू सार्वजनिक गरेको छ ।
कम्पनीले हालै १८ महिनाको विस्तारित वारेन्टी र एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्टको योजना घोषणा गरेको हो । यी योजनाहरूले इन्फिनिक्सप्रतिको उपभोक्ताको विश्वासलाई अझ बलियो बनाउने कम्पनीको दाबी छ ।
विस्तारित वारेन्टी : विश्वास र गुणस्तरप्रतिको प्रतिबद्धता
अबदेखि सबै नयाँ इन्फिनिक्स स्मार्टफोनमा १८ महिनाको विस्तारित वारेन्टी उपलब्ध हुनेछ । यो पहल इन्फिनिक्सले आफ्ना उत्पादनहरूमा गरेको गुणस्तरको वाचा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । यो सुविधाले प्रयोगकर्तालाई लामो समयसम्मको सुरक्षाको अनुभूति दिने अपेक्षा गरिएको छ ।
निःशुल्क स्क्रिन रिप्लेसमेन्ट : आकस्मिक क्षतिबाट सुरक्षा
इन्फिनिक्सले केही नयाँ मोडेलहरूमा एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट अफर पनि ल्याएको छ । प्रयोगकर्ता स्मार्टफोन सक्रिय भएको मितिबाट १०० दिनभित्र कुनै पनि स्क्रिन क्षति भएमा एक पटक निःशुल्क स्क्रिन फेर्न सक्नेछन् । यो अफर २०८२ असार १७ गतेदेखि कात्तिक १४ गते (जुलाई १ देखि अक्टोबर ३१, २०२५) सम्म लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया