काठमाडाैं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश पिताम्बर शर्माको इजलासले थुनछेकका लागि आदेश जारी गरेको हो ।
अहिराजविरुद्ध एक महिलाले ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही उजुरीका आधारमा अहिराजलाई ४ साउनमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउपछि ९ दिनको अनुसन्धानपछि प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । त्यसपछि अदालतले पुर्पक्ष थुनाको आदेश दिएको हो ।
यसअघि, अहिराजले भने आफूलाई फसाइएको दाबी गर्दै उल्टै उजुरी दिने युवतीविरुद्ध आपराधिक लाभको अभियोगमा मुद्दा दायर गरेका छन् ।
अहिराजमाथिको मुद्दा अब औपचारिक रूपमा अदालतको प्रक्रियामा प्रवेश गरिसकेको छ। आगामी सुनुवाइमा थप प्रमाण र बयानको आधारमा मुद्दा अगाडि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया