जेलमा रहेका १२० नेपालीलाई युएई सरकारले दियो आममाफी

लोकपथ
917
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेको १२० नेपालीहरुलाई आममाफी दिएको छ ।

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–अदाहका अवसरमा युएई सरकारले १२० नेपालीलाई आममाफी दिएको हो ।
उनीहरुलाई बाँकी रहेको सजाय अवधि मिनाहा गरेर आममाफी दिइएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

‘ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरुमा युएईको जेलमा रहेका १२० जना नेपालीहरुलाई बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेकोमा नेपाली दूतावास, अबुधाबी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ,’ दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ ।

हरेक वर्ष युएई सरकारले ईद अल–अदाह पर्वका अवसरमा नेपालीहरुलाई आममाफी दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?