रास्वपाले चरम अतिवादको बाटो लिएको सांसद बजगाईंको आरोप

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चरम अतिवादको शैली अवलम्बन नगर्न कडा चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद बजगाईंले रास्वपामाथि प्रतिशोध र राजनीतिक प्रपोगाण्डामा मात्रै ध्यान केन्द्रित गरेको आरोप लगाएका छन् ।

उनका अनुसार रास्वपा सरकारमा हुँदा कांग्रेस परिवारका सदस्यमाथि मात्र प्रतिशोध साँध्न सीमित रहेकाले देश निर्माणका लागि कुनै स्पष्ट योजना प्रस्तुत गर्न सकेको छैन । सांसद बजगाईंले रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानलाई समेत गैरकानूनी ठहराउँदै त्यसप्रति आपत्ति जनाएका छन् ।

सांसद बजगाईंले भने, ‘अहिलेसम्म तपाईहरुको देश यस्तो बनाउने भन्ने स्पष्ट योजना देखिएको छैन। मात्र सत्तामा हाम्रो पार्टी परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चनुभयो । हिजोको सत्ता आरोहण गर्दा र अहिले पनि प्रपोगाण्डामै व्यस्त हुनुहुन्छ। जुन भाषा प्रयोग गरिरहनुभएको छ ‘पर्ख २०८४ मा देखाउँछौं’– यो प्रतिशोधको भाषा थियो। त्यो शैली चरम अतिवादतर्फ उन्मुख देखिन्छ। यो प्रवृत्तिले चरमपन्थी व्यवहारको झल्को दिन्छ जुन लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन ।’

उनले थपे, ‘देशलाई अहिले बद्लाको होइन, स्पष्ट दिशा र दृष्टिकोणको खाँचो छ । यो हामीबाट अनुशरण गर्नुपर्छ। सबै दलहरूले लोकतान्त्रिक अभ्यासमा रहनुपर्ने जिम्मेवारी बहन गर्नुपर्छ ।’

सांसद बजगाईंको यो टिप्पणीले राजनीतिक दलहरूबीच बढ्दो तनाव र लोकतान्त्रिक अभ्यासको महत्वमाथि पुनः ध्यानाकर्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?