काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन् ।
त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् ।
यसअघि नै शिक्षामन्त्री समेत रहेका त्रिविका सहकुलपति रघुजी पन्तको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले अर्यालसहित प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।
सिफारिसमा परेकामध्येबाट प्रधानमन्त्री ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।
नवनियुक्त उपकुलपति अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रा.डा. केशरजंग बराललाई उपकुलपति नियुक्त गरेको थियो । तर सरकारसँग चरम असन्तुष्टिपछि गत चैत १५ गते बरालले राजीनामा दिएका थिए । त्यसयता त्रिवि उपकुलपति विहीन रहँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया