काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज (मंगलबार) दिउँसो ३ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८२-०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा दुईवटा प्रमुख कार्यसूची तय गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्नेछन् । सो प्रस्तावमाथि सभामा छलफल हुनेछ भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिने कार्यसूचीमा समावेश गरिएको छ।
त्यस्तै, मन्त्री कार्कीले ‘आर्थिक वर्ष ०८२-८३ को विनियोजन विधेयक’ पनि बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ।
देश सरकारले चालू आर्थिक वर्षको बजेट असार १ गते सार्वजनिक गरेको थियो। तर, विभिन्न कारणले निर्धारित तालिका अनुसार बैठक नबसेको हो। यसअघि असार ७ गतेका लागि बैठक तय गरिएको भए पनि स्थगन गरिएको थियो। बजेट प्रस्तुत भएको १७ औँ दिनमा आज बैठक बस्न लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया