विद्यालय शिक्षा विधेयकमा एसईई यथावत्, अब प्रदेशमार्फत सञ्चालन हुने

लोकपथ
2k
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ ।

शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले एसईईलाई यथावत् राख्ने र त्यसलाई प्रदेशमार्फत सञ्चालन गर्नेगरी सहमति जुटाएको हो ।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले एसईई परीक्षा प्रदेशबाटै लिने प्रस्ताव अघि सारेका थिए । समितिले उक्त प्रस्तावमा सहमति जनाउँदै बोर्डसँग समन्वय गरी परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिनेगरी विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।

यसअघि मूल विद्यालय शिक्षा विधेयकमा एसईईको व्यवस्था समावेश गरिए पनि उपसमितिले उक्त परीक्षा नराख्ने सुझाव दिएको थियो । तर, शनिबारको बैठकमा प्रदेशमार्फत परीक्षा सञ्चालन गर्ने सहमतिसहित विधेयक पारित गरिएको हो ।

अब समितिबाट पारित विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ । उक्त विधेयक पारित भएपछि एसईई परीक्षा राष्ट्रिय बोर्डको समन्वयमा प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन हुने व्यवस्था लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?