संसद्‌मा असन्तुष्टि चुलियो, आज पनि रास्वपाको अवरोध जारी

लोकपथ
959
Shares

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि सदन अवरुद्ध गरेको छ । सभाको सुरुवातसँगै रास्वपाका सांसदहरू उठेर विरोध जनाएपछि बैठक प्रभावित भएको हो।

सभामुख देवराज घिमिरेले समय दिएपछि रास्वपाका प्रमुख सचेतक गणेश पराजुलीले बोल्दै भिजिट भिसा प्रकरणमा गम्भीर चिन्ता व्यक्त गरे र सो विषयमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग दोहोर्याए।

रास्वपाले यो मागसहित गत जेठ १३ गते देखि निरन्तर सदन अवरुद्ध गर्दै आएको छ। रास्वपाको आरोप अनुसार, भिजिट भिसा दुरुपयोग तथा दलाल चलखेलमा संलग्नहरूलाई कारबाहीबिना सरकारले ढिलासुस्ती गरेको छ, जसले राज्य प्रणालीप्रति जनताको विश्वास कमजोर पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?