उपनिर्वाचनको मिति तोक्ने तयारीमा निर्वाचन आयोग

लोकपथ
714
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले विभिन्न क्षेत्रमा उपनिर्वाचनको तयारी गरेको छ ।

आयोगले ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनपछि धेरै विभिन्न क्षेत्र नेतृत्ववीहिन भएको भएकाले रिक्त रहेका स्थानहरुमा निर्वाचन गराउन लागेको हो । त्यसका लागि सम्बन्धित क्षेत्रका मतदाताहरुलाई आफ्नो नाम अध्यावधिक गराउन भनेको छ ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम राख्न नसकिने व्यवस्था रहेको भन्दै छिट्टै मतदाता नामावलीमा नाम समावेश गर्न आग्रह गरेका हुन् ।

‘रिक्त भएका पदहरुमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा हुने तयारी भइरहेको हुँदा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ को खण्ड २ मा निर्वाचनको घोषण भैसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषण भए पश्चात मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका सबै व्यक्तिहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?