काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरस्थित क्यान्टिनमाथिको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् ।
उनलाई उपचारका लागि खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल नयाँबानेश्वर लगिएको छ ।
ती कामदार छतमा मर्मतको काम गर्दागर्दै खसेको बताइएको छ । फल्स सिलिङ भाँचिएर लडेका उनको कुहिना र गोडामा चोट लागेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया