अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्न : अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?

लोकपथ
1.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाउँदै रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै यस्तो प्रश्न गरेका हुन् ।  

उनले शहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजनाहरू अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको आरोप लगाए ।  उनले भने, ‘आज उहाँ संसदमा हुनुहुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देश भरीको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने शहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन् । अरू मन्त्रालयबाट झन् के होला ? कर चाहिँ सबै जिल्लाबाट लिने तर बजेट चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?’

सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरूप विकास गर्न नसकिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?