दुम्किबास–दाउन्ने सडक खण्डमा ठूला सवारी संचालनमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

लोकपथ
777
Shares

रूपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किबास–दाउन्ने सडक खण्डमा ठूला तथा भारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

वर्षाका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक अन्तरगत दुम्किबासस्थित विनयी खोलाको डाइभर्सन पटक–पटक बगाइरहेको र सडक चिप्लो भएका कारण यस्तो निर्णय गरिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए ।

‘नयाँ पुल सञ्चालनमा नआउँदासम्म मालवाहक ठूला गाडीहरूको सञ्चालनमा रोक लगाइएको छ,’पाण्डेले बताए ।

हाल दाउन्ने सडक खण्डका केही स्थानमा ग्राभेल राखेर मर्मतको काम भइरहेको छ । साथै आयोजना कार्यालयले सूचना जारी गर्दै प्रत्येक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको जनाएको छ ।

यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?