काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानीको कामबारे खुसी व्यक्त गरेका छन् ।
आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला दैलेखमा सम्भावित पेट्रोलियम पदार्थको सम्भावित स्थानमा अन्वेषण गर्न गरेको पहलप्रति स्मरण गर्दै खुसी व्यक्त गरेका हुन् ।
०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएका बेला द्वीपक्षीय सम्झौता जीटुजी भइ पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्झौतामा हस्ताक्षर भएको थियो ।
चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको तथ्य निकालेको छ । यदी त्यसले पूर्ण सफलता प्राप्त गरेमा नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास प्राप्त हुनेछ ।
त्यसो त २०७५ सालमा ओली दोस्रोपटक प्रधानमन्त्री भएका बेला उक्त क्षेत्रको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत भएको थियो ।
चीनसँग सम्झौता हुँदाका बखत उक्त कामबारे विभिन्न नकारात्मक धारणाहरु आए पनि अहिले सफलता प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध ( आवाज थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया