प्रेम सुवालको प्रस्ताव : ‘निर्वाचन गराएर मात्रै न्यायाधीशहरू नियुक्ति गरौँ’

लोकपथ
665
Shares

काठमाडौं । नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० का सांसद प्रेम सुवालले निर्वाचन गराएर न्यायाधीशहरू नियुक्ति गर्न माग गरेका छन् । 

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले सो प्रस्ताव गरेका हुन् । उनले न्यायालयका न्यायाधीश र मुख्य अधिकारीहरू सम्बन्धित क्षेत्रबाट चुनाव गराइ नियुक्ति नगर्दासम्म निष्पक्ष न्याय नमिल्ने उनको दाबी रहेको छ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति गरिने भए पनि त्यसमा सरकारको प्रभाव परेको भन्दै आफूले सो प्रस्ताव राखेको उनले स्पष्ट पारे । 

‘कानुन मन्त्रालयमा न्यायालयका न्यायाधीश र मुख्य अधिकारीहरू सम्बन्धित क्षेत्रबाट चुनाव गराइ नियुक्ति नगर्ने हो भने निष्पक्ष न्याय हुने छैन,’ उनले भने,  ‘न्यायपरिषद् भनिए पनि संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति गरिने भए पनि यो सरकारको प्रभावमा न्यायालय परेको छ । र अब सम्बन्धित क्षेत्रबाट निर्वाचन गराएर न्यायाधीशहरू नियुक्ति गरौँ ।’ 

त्यस्तै उनले अहिलेको अवस्थामा नेपालमा मान्छे मात्रै निर्यात भइरहेको भन्दै कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?