शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

लोकपथ
679
Shares

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार बुधबार उक्त विधेयक प्रमाणीकरण गरिएको हो । संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको यो विधेयकले अब कानुनी मान्यता पाएको छ ।

सरकारले स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन तथा अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यले विधेयक ल्याएको हो । शिक्षामन्त्रीका अनुसार यसमार्फत स्वदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गरिने र स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिनेछ ।

विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन–अध्यापन गराउन चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?