काठमाडौं । मेयर बालेन साहले आजका लागि बोलाएको काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अन्तिम समयमा रद्द गरिएको छ ।
सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी नै नदिई बैठक तय गरिएपछि सदस्यहरूले बैठकको वैधानिकताबारे उठाएपछि मेयर बालेन पछि हटेका हुन् ।
कार्यपालिका सदस्यहरूले मेयर बालेन साहलाई बैठक राख्न दबाब दिँदै आएका छन् । कानुनअनुसार असार १० भित्र बजेट पेस गरिसक्नुपर्ने भए पनि समितिको बैठक नबसेपछि बजेट प्रक्रिया अन्योलमा परेको छ ।
समितिमा मेयरसहित उपमेयर सुनिता डंगोल र कार्यपालिका सदस्यहरू छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया