भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय मनोरञ्जन पार्कको रुपमा विकास गरिने

लोकपथ
49
Shares

काठमाडौं । सरकारले काठमाडौंको प्रदर्शनीमार्गमा रहेको भृकुटीमण्डपलाई अन्तराट्रिय स्तरको मनोरञ्जन पार्कको रुपमा विकास गर्ने जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरेको हो ।

आगामी आर्थिक वर्ष ०८२–०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा घोषणा गरेका हुन् ।
उनले भने, ‘काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन, प्रर्दशनी केन्द्र, मनोरञ्जन पार्कको रुपमा विकास गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?