प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशन आगामी चैत २ गतेबाट हुँदै

लोकपथ
42
Shares

चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

परिषद्ले बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा स्ववलम्बन, सुशासन, शिक्षा समाज जीवन तथा राष्ट्रियस्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन यही २०८१ चैत्र २, ३ र ४ गते सुन्दर एवम् पर्यटकीय नगरी भरपुर चितवनमा सम्पन्न हुन गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

अधिवेशन देशमा बढिरहेको भ्रष्टाचार, दुर्व्यसनी, बेरोजगारी आर्थिक एवम् पर्यावरण संकट, बढ्दो सुरक्षा चुनौती आदी समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने उनले बताए ।

सम्मेलनमा राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेलले विद्यार्थी परिषद् दलगत राजनीति भन्दा माथी रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्त राष्ट्र प्रथम भावका साथ काम गरिरहेको विषय बताए ।

त्यसैगरी अधिवेशन चैत्र २ गते दिउँसो २ः०० बजे उद्योग संघको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पंगेनीले बताए ।

त्यसैगरी राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण हुमागाईंले विद्यार्थी परिषद्ले देशको शिक्षा क्षेत्रमा विपद्यार्थीहरूलाई रचनात्मक गतिविधि गर्दै आइरहेको र राष्ट्र व्यापीरूपमा परिषद्को प्रभाव पनि बढदै गएको सन्दर्भमा परिषद्ले यो अधिवशेन ऐतिहासिक रूपमा पर्यटकीय नगरी चितवनको भरतपुरमा गर्न गइरहेको विषय बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?