काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक चलिरहेको बेला एमाले सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिएको छ । बैठकको विशेष समयमा कुर्सी भाँचिएपछि उनी लडेकी थिइन् ।
कुर्सी भाँचिएपछि प्रतिनिधि सभाको बैठक समेत केहीबेर प्रभावित भएको थियो । त्यसबेला कांग्रेस सांसद गगन थापा बोलिरहेका थिए ।
सभामुख देवराज घिमिरेले यो विषयमा चासो देखाएपछि सांसद गगन थापा बोल्न छाडेर पछाडि फर्किएका थिए । लडेकी सांसदलाई अन्य सांसदहरूले बैठक कक्षबाट बाहिर निकालेका थिए ।
एमालेकी सचेतक सुनिता बरालले सांसद थेबेलाई कुनै चोटपटक नलागेको, उनी सामान्य अवस्थामा रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया