हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्रविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताएका छन् ।
हेटौँडा अस्पतालमा आज मुटु रोगसम्बन्धी सेवाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सेवाको गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको बताए। विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रूपमा सुधार भइरहेको उनको भनाइ छ।
मुख्यमन्त्री लामाका अनुसार हेटौँडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिबद्ध रहेको छ ।
हाल देशमा मुटु रोगसम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकार त्यसतर्फ गम्भीर र सतर्क रहेको उनको भनाइ छ । स्वास्थ्य सेवालाई राजनीतिक करण गर्न बन्द गर्नुपर्नेमा मुख्यमन्त्री लामाको जोड थियो ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन आफू लागिपरेको बताए । विभिन्न संघसंस्थासँगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उनले जनाए ।
अस्पतालमा कार्डियो सेवाको दीर्घकालीन सञ्चालन तथा क्याथ ल्याब सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया