काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले राज्यका विभिन्न अङ्गले नै दलित समुदायमाथि हेप्ने र दबाउने काम गरेको आरोप लगाएका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले दलित समुदायको सन्दर्भमा नेपाली समाज र नेपाल सरकार अझै पनि प्रगतिशील र लोकतान्त्रिक नभएको जिकिर गरे । उनले सांसदहरूले नै दलित समुदायमाथि विभिन्न सन्दर्भमा होच्याउने र हिनतावोध गराउने गरेको आरोप लगाए ।
उनले भने, ‘केही दिन अगाडि हामी सांसदहरू बसेको ठाउँमा दलित समुदायकै भएको प्रसंगमा यो जातै यस्तै हो भनेर हामीहरूले नै बोलेको कुरामा साक्षी बन्नु पर्ने परिस्थिति आयो । यस्ता घटनालाई निचोडको रूपमा हेर्दा अहिले पनि नेपाली समाज, हामीहरू र हाम्रो सरकार दलित समुदायको सन्दर्भमा अहिले पनि प्रगतिशील र लोकतान्त्रिक हुन नसकेको यी घटनाहरूले देखाउँछ ।’
राष्ट्रिय सभा सदस्य परियारले विभिन्न जिल्लामा दलितमाथि भएका दुर्व्यवहारको अन्त्यका लागि राज्यले न्यायसंगत कदम चाल्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया