निजीकण अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

लोकपथ
574
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट ‘निजीकण (पहिलो संशोधन) अध्यादेश’ स्वीकृत भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो । त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरे ।

उक्त प्रस्ताव बहुमतले पारित भएको छ । यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?