राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस

लोकपथ
609
Shares

काठमाडौं । राष्ट्रिय सभाको आज बिहीबारको बैठकमा पाँच अध्यादेश पेस भएका छन् । ती अध्यादेश स्वीकृतिका लागि छलफल र निर्णयार्थ पेस भएका हुन् ।

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ पेस भएका हुन् ।

सरकारले ल्याएका पाँच वटा अध्यादेशहरू बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भइसकेका थिए ।अध्यादेशलाई प्रतिपक्षी दलहरूले अस्वीकार प्रस्ताव पनि दर्ता गरेका छन् । अस्वीकार प्रस्ताव राखेका सांसदहरूले धारणा पनि राखिरहेका छन् ।

राष्ट्रिय सभामा बहुमत प्राप्त हुने अवस्था नदेखिँदा अध्यादेश निर्णयार्थ पेस हुन ढिलाइ गरिएको थियो । ३ जना सांसद भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पाँच अध्यादेश स्वीकार गर्ने निर्णय गरेसँगै सरकारले राष्ट्रियसभामा पनि निर्णयार्थ पेस गरेको हो । भूमिसम्बन्धी अध्यादेश भने जसपा नेपालको विरोधका कारण निर्णयार्थ पेस भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?