काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जलनको उपचार हुने कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेका छन् ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पौडेल केहीबेरअघि त्यहाँ पुगेका हुन् ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहको उद्घाटनका क्रममा शनिबार बेलुनमा आगो लागेर पड्किएपछि घाइते भएका थिए । पोखरामा प्राथमिक उपचारपछि दुवैलाई हेलिकप्टरमार्फत् कीर्तिपुर ल्याइएको थियो ।
अहिले दुवैको आईसीयूमा राखेर उपचार भइरहेको र अवस्था सामान्य हुँदै गइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया