काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले शीर्ष नेताहरूका कारण देशमा अस्थिरता बढेको बताएकी छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताइन् ।
उनले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरू नभई देश सञ्चालन गर्ने शीर्ष नेतृत्व रहेको टिप्पणी गरिन् ।
संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताइन् । संविधान असंशोधनीय दस्ताबेज नभएको बताइन्। गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भए पनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गरिन् । उनले देशमापाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको उनको भनाइ छ ।
सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पारिन्। उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया