काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटि रहेको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशहरू सकारात्मक रहेको भएपनि सकारात्मकताभित्र खतरनाक कुराहरू समावेश रहेको बताए ।
उनले सुकुम्वासीहरूलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भएपनि हदबन्दी फुकुवा गर्ने कुरा डरलाग्दो रहेको बताए । भूमाफियाहरुको हातमा सरकार गएको महसुस आफूले गरेको बताए ।
सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको आरोपसमेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया