अब हरेक सरकारी काममा ‘क्यूआर कोड स्क्यान’ गरी फाइल अघि बढ्छ : प्रधानमन्त्री ओली

लोकपथ
217
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी काम छिटोछरितो रुपमा अघि बढाउने कामको सुरुवात गरेको बताएका छन् ।

आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन अन्तर्गतको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले सरकारी कार्यालयहरुमा कामको फाइलहरु अड्काउने, समयावधी लम्बाउने र दुख दिने प्रवृत्तिलाई अन्त्य गर्न क्यूआर कोड स्क्यानबाट फाइल मुभमेन्टको काम अघि बढाएको बताए ।

‘सरकारी कार्यालयहरुमा कामका फाइलहरु अड्काउने, कामको समयावधी लम्बाउने र यसबाट सेवाग्राहीले दुःख पाउने अवस्थाबाट मुक्त पाउन क्यूआर कोड स्क्यानमार्फत फाइल मुभमेन्ट ट्रयाकिङ गर्ने प्रणालीलाई अघि बढाएका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै सरकारी कार्यालयमा हुने कामको जानकारी समेत मोबाइलबाटै थाहा पाउने व्यवस्था गर्ने समेत विश्वास व्यक्त गरे ।
‘सरकारी कार्यालयमा हुने कामको जानकारी मोबाइलबाटै पाउने व्यवस्था गर्दैछौँ,’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेदेखि भएका कामबारे संसद्लाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?