बागमती नदी किनारमा आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु

लोकपथ
483
Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भई उपचारका क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।’ मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?