सहारा सहकारी लिमिटेडको रकम हिनामिनाबारे बयान लिन रवि लामिछानेलाई चितवन लगियो

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज मंगलबार चितवन लगिएको छ । उनलाई बुद्ध एयरको जहाज मार्फत चितवन लगिएको हो । पछिल्ला दिनमा भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनीविरुद्ध चितवनमा पनि उजुरी परेकाले त्यहाँ लगिएको हो ।

चितवनमा सहारा सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मंसिर ५ गते पुरक जाहेरी दर्ता भएको थियो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो ।

सहारा सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र रामबहादुर खनालको बयान लिइ सकिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कात्तिक २ गते कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?