सोहेल तनवीरको ५ विकेटसँगै १११ रनमा समेटियो काठमाडौं गुर्खाज

लोकपथ
140
Shares

काठमाडाैं । पाकिस्तानी बलर सोहेल तनवीरले ५ विकेट लिएसँगै काठमाडौं गुर्खाज १११रनमा समेटिएको छ । सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं ११ रनमै समेटिएको हो ।

२० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै काठमाडौं गुर्खाजले ११ रन बनाएपछि चितवन राइनोजलाई जितका लागि केबल ११२ रन आवश्यक छ ।

दोस्रो ओभरको पहिलो बलमै तनवीरले स्टेफन इस्कीनेजीको विकेट लिएका थिए । त्यसै गरी चौथो ओभरको चौथो बलमा तनवीरले लेभिटको विकेट लिए भने पाँचौँ ओभरको चौथो बलमा कुशल मल्लले इरसमसको विकेट लिएको थिए । छैटौँ ओभरको दोस्रो बलमा तनवीरले नै अर्को विकेट लिँदै काठमाडौं गुर्खाजलाई ३४ रनमा सीमित राख्दै ४ विकेट लिएको थियो ।
त्यसपछि दबाबमा परेको काठमाडौं गुर्खाजले केही सम्हालिएर खेले पनि रन बनाउन भने सकेको थिएन । ११ औँ ओभरको तेस्रो बलमा शंकर रानालाई गुमाएको काठमाडौंले यति बेलासम्म ५ विकेट गुमाइसकेको थियो ।

चौधौँ ओभरको पहिलो ओभरमै राशिद खानलाई गुमाएपछि काठमाडौं गुर्खाज खेलमा फर्किन सकेन र २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर केबल ११ रन मात्रै बनाउन सक्यो ।

खेलमा पाकिस्तानी बलर सोहेल तनवीर एक्लैले पाँच विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?