गोरखा नगरपालिका–५ माओवादीको जित, अघिल्लोपटक जितेको एमाले तेस्रो

लोकपथ
441
Shares

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका–५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जित हासिल गरेका छन् ।

केहीबेरअघि आएको अन्तिम परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर ४८६ मतसहित निर्वाचित भएका हुन् ।

त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका भाईकाजी आलेले ४०२ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेकी दुर्गा माया राना थापाले ३४५ मत प्राप्त गरेकी छिन् । यसअघि सो वडामा नेकपा एमालेले जित हासिल गरेको थियो । नेकपा एमालेका खिलबहादुर राना निर्वाचित भए पनि अहिले एमालेले जित जोगाउन नसकेको हो ।

त्यसो त रास्वपाका उम्मेदवार मंगलबहादुर थापाले ८२, राप्रपाकी कल्पना रानाले १२ र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले १० मत मात्रै प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?