डोटीको पूर्वचौकी–६ मा कांग्रेसले जोगायो विरासत, मोहन थापा निर्वाचित

लोकपथ
455
Shares

काठमाडौं । डोटीको पूवीचौकी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् ।

केहीबेरअघि आएको अन्तिम मतपरिणाम अनुसार थापा ४ सय ६८ मतसहित निर्वाचित भएका हुन् ।त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मदेव थापाले ३०१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत मात्रै प्राप्त गरेका हुन् ।

त्यस्तै रास्वपाकी राजकी खड्का कुँवरले ३१ मत मात्रै प्राप्त गरेकी हुन् । कुल ८३१ मत झरेकोमा १३ मत बदर भएको थियो ।

गत निर्वाचनमा सो वडाबाट नेपाली कांग्रेसका पुष्पराज जोशी निर्वाचित भएका थिए । उनको निधन भएसँगै त्यहाँ उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?