काठमाडौं । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
केहीबेरअघि आएको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै उनका निकटतम प्रतिद्धन्दी माओवादीका केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गरेका छन् । त्यहाँ अन्य उम्मेदवारको उम्मेदवारी परेको थिए ।
त्यहाँ कुल १ हजार १ सय ४६ खसेको थियो । जसमध्ये १९ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
गत निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसका अल बहादुर खनाल निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया